गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जर्मन कम्पनीले चासाे देखाएकाे छ।
जर्मनीकाे म्युनिख एयरपोर्टले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखी ५० वर्षका लागि भैरहवा विमानस्थल सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ।
जर्मन सरकारको पनि स्वामित्व रहेको साे कम्पनीले विमानस्थल सञ्चालनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणसँग औपचारिक प्रस्ताव गरेको हाे।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अन्य विभिन्न देशहरुबाट पनि प्रस्ताव आएको छ। तर कसलाई दिने अहिलेसम्म टुङ्गो लागेको छैन। मन्त्रिपरिषद्ले खुला प्रतिस्पर्धाबाट नभइ दुई देशको सहमितबाट विमानस्थल सञ्चालकको छनोट गर्न सकिने यसअघि नै निर्णय गरिसकेकाे छ।
म्युनिख विमानस्थलमा जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको छ। विमानस्थल ५० वर्षका लागि सञ्चालन गर्न म्युनिखले प्रस्ताव गरेको हो।

प्रतिक्रिया