धितोपत्र बजारमा आज सेयर कारोवार मापक नेप्से परिसूचक करिब छ अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ।
परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन। सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ। कुल १ सय ६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता सेयर ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए। सोमबार कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता सेयर ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको थियो।
स्टकका अनुसार कूल कारोवार भएका ११ उपसमूह मध्ये आज चार उपसमूहको सेयर ओरालो लागेको छ। यस्तै सात उपसमूहको सेयर भने वृद्धि भएको छ। होटल ३.९२, जलविद्यसत् २.८, उत्पादन ४.२२ र अन्य उपसमूह ०.६५ बिन्दुले घटे । यस्तै बैंकिङ ६.९७, विकास बैंक ४.१७, वित्त ०.४३, निर्जीवन बीमा ३८.०५, लघुवित्त २८, जीवन बीमा ५.१९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ।
स्टकका अनुसार आज कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको चार करोड ५१ लाख २२ हजार ३६९ मूल्यमा कारोवार भयो । नेपाल बैंक लिमिटेड रु तीन करोड ६१ लाख १९ हजार ४ सय ७६, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड ७३ लाख सात हजार ९७३, शिवम सिमेन्ट रु एक करोड १० लाख ८६ हजार २०३, प्रभु बैंक रु एक करोड आठ लाख ६० हजार २१८ र नबिल बैंक रु एक करोड सात लाख ७७ हजार १२३ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे।
स्टकका अनुसार महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाका सेयरधनीले ७.९०, स्वदेशी लघुवित्त वित्तीय संस्था ७.७३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.७६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.५०, समता माइक्रो फाइनान्स वित्तीय संस्था ५.१२ र राधी विद्युत् कम्पनीका सेयरधनीले ४.९० विन्दुले बढेको छ। यस्तै दिव्यश्वरी हाइड्रो ७.२४, यूनियन हाइड्रोपावर ३.८८, सिर्जना फाइनान्स ३.२१, हिमालयन पावर पार्टनर २.८० र हिमालयन ऊर्जा विकास कम्पनीका सेयरधनीले २.७९ विन्दुले घटेको छ।

प्रतिक्रिया