कारोबार


नेपाली मोबाइल बजारमा भित्रियो अल्काटेलका स्मार्टफोन

नेपाली मोबाइल बजारमा भित्रियो अल्काटेलका स्मार्टफोन

नेपालखबर
साउन ७, २०७६ मंगलबार ११:३०,

विश्वव्यापी नेटवर्क भएको अल्काटेलले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोनहरु र फिचर फोनहरु नेपाली बजारमा भित्र्याएको छ। अल्काटेल, विश्वको सबैभन्दा ठूलो मोबाइल फोन ब्राण्ड टिसिएल कम्यूनिकेसनसअन्तरगतको ब्राण्ड हो।

कम्पनीले अल्काटेल वान, अल्काटेल १एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३ (३जीबी र्याम प्लस ३२जीबी स्टोरेज), र अल्काटेल ३ (४जीबी र्याम र ६४जीबी स्टोरेज) स्मार्टफोनहरु तथा अल्काटेल २०५३डी, अल्काटेल २००३डी, अल्काटेल १०६६डी फीचर फोन सेगमेन्टमा उपलब्ध गराएको छ। यसका अतिरिक्त कम्पनीले डिभाइसमा १ वर्षको वारेन्टी तथा एसेसरिजमा ६ महिनाको वारेन्टी दिएको छ। 

नेपालमा सूचना प्रविधि क्षेत्रका उत्पादनहरु तथा इलेक्ट्रोनिक्सका प्रमुख बितरकमध्ये एक एसएचटिसी इन्टरनेशनल प्रालि यस ब्राण्डको आधिकारीक बितरकको रुपमा कार्यरत रहेको छ। अल्काटेल ब्राण्ड लन्च भएको अवसर पारेर एसएचटीसी इन्टरनेशनल प्रालिका प्रबन्धनिर्देशक अमित अग्रवालले भने, ‘घरेलु मोबाइल बजारमा हामी नयाँ उत्पादनहरु ल्याउन पाउँदा निकै हर्षित भएका छौं । हामी निश्चित छौं कि, अल्काटेल स्मार्टफोनहरुमा रहेको उच्चतम यूजर एक्सपेरियन्स, यसको नविनतम डिजाइनहरुका साथमा उच्चस्तरको गुणस्तर तथा विशिष्टीकृत सेवाहरुका साथमा ग्राहकहरुले मन पराउनेछन्।’

यसका साथै उनले सम्पूर्ण स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री, हाई पिक्सेल क्यामरा र विशिष्ट गुणस्तर रहेको बताए। अल्काटेल, टीसीएल कम्यूनिकेसन्स मोबाइल उद्योगमा नेतृत्वदायी कम्पनी हो र यसले विश्वका १६० भन्दा बढि देशहरुमा आफ्नो बिक्री सञ्चालन गरिरहेको छ। ब्राण्ड लन्चको बारेमा बोल्दै टिसिटी कम्यूनिकेसन टेक्नोलोजी होल्डिंग लिमिटेडका इण्डिया क्षेत्रका क्षेत्रिय निर्देशक भारद्धाज पुडिप्पेडीले भने, ‘नेपाल हाम्रो प्रमुख गन्तव्य हो र बृहत श्रेणीका नयाँ स्मार्टफोनहरु र फीचर फोनहरुका साथमा हामी बढिरहेको बजारमा स्थापित हुने योजनाका साथ आएका छौं।’

कुन फोनको मूल्य कति?

स्मार्टफोन सेगमेन्टतर्फ अल्काटेल वानकाे मूल्य ८ हजार २ सय ४९, अल्काटेल १एसकाे बजार मूल्य १४ हजार ७ सय ९९, अल्काटेल ३एक्सकाे मूल्य १४ हजार ७ सय ९९, अल्काटेल ३ काे मूल्य २१ हजार ४ सय ९० रूपैयाँ पर्ने बताइएकाे छ। त्यस्तै, फिचर फोन सेगमेन्टतर्फ अल्काटेल १०६६डीकाे मूल्य १ हजार ९ सय १०, अल्काटेल २००३डीकाे मूल्य २ हजार ४ सय ७५ र अल्काटेल २०५३डीकाे मूल्य ३ हजार ५ सय ९९ रूपैयाँ पर्ने कम्पनीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad