ad ad

कारोबार


बिहीबारदेखि पनि शैलुन, व्युटि पार्लर खुल्ने छैनन्, यी क्षेत्रमा निषेध कायमै

बिहीबारदेखि पनि शैलुन, व्युटि पार्लर खुल्ने छैनन्, यी क्षेत्रमा निषेध कायमै

नेपालखबर
भदौ २४, २०७७ बुधबार १४:४४,

उपत्यकामा बिहीबारदेखि सरकारले निषेधाज्ञा खुकुलो गरी धेरैजसो व्यवसाय स्वास्थ्यको मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय गरेको छ।

बुधबार उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा निर्णय गर्दै निषेधाज्ञा खुकुलो पारी एक साता थप गर्ने निर्णय गरेका हुन्।

जनजीवनमा परेको प्रभावलाई मध्यनजर गर्दै स्थिति सहज बनाउन कतिपय पेशा व्यवसायदेखि सार्वजनिक यातायात समेत सञ्चालन गर्ने निर्णय भएको छ।

तर बिहीबारदेखि पनि खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न पाइने छैन। यदि यस्तो गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुनेछ।

जात्रा, महोत्सव, भोज भतेर सञ्चालन पाइने छैन। मठ मन्दीर, मस्जिद, चर्च लगायत धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पुजा बाहेकका गतिविधिमा रोक लगाइएको छ।

बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार व्यवसायमा स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलाप गर्न पाइने छैन।

शैक्षिक संस्थाहरु बन्द नै रहने छन् भने, सबै प्रकारका सभा, गोष्ठि, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जन स्थल, शैलुन, व्युटि पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिम खाना, समूहमा खेलिने खेलकुद, प्रदर्शनी, पुस्तकालय, संग्राहलय, चिडियाखाना बन्द नै रहने छन्।

उद्योग, व्यापार, व्यवसाय, निर्माण आदि कार्य गर्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डविपरित कामदारको ओसार पसार गर्न पाइने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .