स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् व्यापार र वितरण पनि निजी क्षेत्रका लागि खुला गरिदिन सरकारलाई आग्रह गरेका छन्।
इप्पानको २६औँ साधारण सभा तथा ८औँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै आचार्यले त्यस्तो अनुरोध गरेका हुन्।
‘सरकारले जसरी निजी क्षेत्रलाई उत्पादनमा खुला गर्यो,’ उनले भने, ‘विद्युत व्यापार र वितरणमा पनि गरिदिन पर्यो। उत्पादनमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्र तयार छ।’
एकद्वार प्रणाली तत्काल लागु गर्न पनि उनले सुझाव दिए।
ऊर्जा क्षेत्रको बाधक बन भएको भन्दै त्यसमा पनि सहज गर्न आग्रह गरेका छन्।
आरसीओडी थप गर्दा कसलाई के घाटा हुन्छ भन्ने प्रश्न गर्दै आचार्यले सरकारकै कारण ढिला भएका आयोजनाको आरसीओडी एकमुस्ट रूपमा थप हुनुपर्ने बताए।
Shares

प्रतिक्रिया