कारोबार


पर्यटनमन्त्री भट्टराई र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता, चाँडै दुई देशबीच हवाइ सम्पर्क स्थापित हुने

पर्यटनमन्त्री भट्टराई र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता, चाँडै दुई देशबीच हवाइ सम्पर्क स्थापित हुने

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ११:३९,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको विदाइ भेटका अवसरमा राजदुतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको बताएका छन् ।

आफ्नो कार्यकालमा नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको र यसबाट नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकवाट अनुभव गर्ने अवसर प्राप्त भएको राजदूत वडले बताए।

कोभिड १९ ले सृजना गरेको विकराल समस्याका बीच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरुमा रोकिएका अष्ट्रेलियन नागरिकहरुलाई सकुशल उद्धार गरी नेपाल वायुसेवा निगममार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई उनले धन्यवाद दिए।

उनले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे। मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा हवाइ सम्झौता भइसकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकोले निकट भविष्यमा नै सिधा हवाइ सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरे।

राजदूत वडले आफनो तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि मन्त्री भट्टराईसँग विदाइ भेट गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad