ad ad

कारोबार


घर र गाडी कर्जाको ब्याजदर घटबढ नहुने

घर र गाडी कर्जाको ब्याजदर घटबढ नहुने

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ११:३७,

नेपाल राष्ट्र बैंकले घर र गाडी खरिद गर्दा कर्जा लिनेहरुको लागि स्थिर ब्याजरदको नीति ल्याएको छ। आज नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन जारी गर्दै एक वर्ष भन्दा बढी अवधीको ऋण लिएर घर तथा गाडी किन्ने ऋणीहरुको ब्याजदर घटबढ नहुने व्यवस्था गर्न भनेको हो।

व्यक्तिगत प्रवाह हुने कर्जाको दर पछि परिर्वतन गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनेको छ, ‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गर्नु पर्नेछ। यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अबधीभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ।’

राष्ट्र बैंकले ग्राहकको हकमा भने विकल्प पनि दिएको छ। ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पनि सकिनेछ।

यस अघिका मासिक/त्रयमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थिर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नुपर्ने राष्ट्र बैंककाे निर्देशनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .