जापानले केयरगिभरको लागि नेपाली कामदार लाने भएको छ।
जापानी भाषा परीक्षा गरी पास भएकाहरुको सिप परिक्षण समेत गरेर कामदार लैजाने जापानकाे तयारी छ। त्यसका लागि आगामी कात्तिक १० र ११ गते भाषा परीक्षाको मिति समेत तोकिएको छ। त्यसै गरी कात्तिक २१ र २२ गते नै सिप परीक्षणको मिति तय गरिएको छ।
सिप परीक्षणमा पास भएकाहरुले २ महिना भित्रै जापान जान पाउने गरी नेपाल र जापानबीच सम्झाैता भएको छ। साेमबार एक कार्यक्रम बीच जापानी प्रतिनिधि र अर्थ मन्त्रालयका सचिव डा राजन खनालबीच नेपाली कामदार लैजाने बारेमा सम्झौता भएको हो।
जापान सरकारले प्रथम चरणमा केयर गिभर लैजाने र अरु चरणमा अन्य कामदार पनि लाने बताएको छ। आगामी दिनमा नर्सिङ, सरसफाई, उत्पादनमूलक, क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदिमा नेपाली कामदार लाने जनाएको छ।

प्रतिक्रिया