ad ad

कारोबार


आयल निगम भन्छः यसकारण पेट्रोलको मूल्य बढाउन बाध्य छौं

आयल निगम भन्छः यसकारण पेट्रोलको मूल्य बढाउन बाध्य छौं

नेपालखबर
भदौ १६, २०७७ मंगलबार १५:४१,

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य हरेक पन्ध्र पन्ध्र दिनमा बढिरहेको छ। काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञाका कारण सवारी साधन अत्यन्त कम चलेको अवस्थामा समेत मंगलबार पुनः पेट्रोलको मूल्य बढाइएको छ।

अन्तर्राष्ट्रिय बजार मूल्य र सरकारले पेट्रोलिय पदार्थमा लगाएको करका कारण मूल्य बढाउनु परेको नेपाल आयल निगमले जनाएको छ।

कोरोना संक्रमण विशवबयापी रुपमा फैलिएको सुरुको चरणमा अन्तर्राष्ट्रिय रुपमा तेलको मूल्यमा गिरावट पनि आएको थियो। तर पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिँदै गैरहेको छ। जसले गर्दा नेपालको बजार भाउलाई पनि प्रभाव पारेको निगमले जानाकारी गराएको हो।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य गत पाँच महिनाकै उच्च विन्दुमा पुगेको नेपालखबरसँग बताए। सोहि अनुसार इण्डियन आयल कर्पोरेशन (जसबाट नेपालले तेल खरिद गर्छ) मूल्य बढाएर पठाएपछि निगमले नचाहँदा नचाहँदै पनि मूल्य बढाउनु परेको उनको भनाई छ।

इण्डियन आयल कर्पोरेशन १ सेम्टेम्बरबाट मूल्य बढाएको लिस्ट पठाएपछि निगमले पनि नेपाली बजारमा मूल्य बढाएको हो।

 लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा नोभेम्बर डेलिभरीको ब्रेन्ट क्रुड फयूचर्सको बजार मूल्य अहिले १ दशमलव ५ प्रतिशतले बढेर प्रतिब्यारेल ४६ डलर ५ सेन्ट पुगेको छ। लक डाउन पछिको यो मूल्य सबैभन्दा उच्च हो।

न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट बजार मूल्य पछि पनि १ दशमलव २ प्रतिशतले बढेर प्रतिब्यारेल ४३ डलर ४८ सेन्ट भएको छ।
जसको कारणले विशव भर नै तेलको मूल्य बढिरहेको छ।

सरकारले पूर्वाधार कर लगाएकाे र भन्सार शुल्कसमेत बढाएका कारण पेट्रोलिय पदार्थमा मूल्य बढेको छ। जसको मूल्यभार उपभोक्तालाई एकै पटक नपरोस् भनेर विस्तारै मूल्य बढाएको कार्यकारी निर्देशक पौडेल बताउँछन्।

अहिले पनि पेट्रोलको मूल्यमा निगमलाई १ रुपैयाँ ५० पैसा घाटा रहेको उनकाे भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .