टेस्ला कम्पनीका प्रमुख कार्यकारी इलोन मस्क १ सय अर्ब ढलर सम्पत्तिको मालिक बनेका छन्।
सय अर्बका मालिक बन्ने उनी पाँचौँ व्यक्ति हुन्। साथै उनी विश्वका पाँचौँ धनी व्यक्ति पनि बनेका छन्।
टेस्लाको सेयर मूल्य बढेसँगै गत शुक्रबारयता मस्कको सम्पत्तिमा १०.४ अर्ब डलर वृद्धि भइसकेको छ। जसका कारण उनको जम्मा सम्पत्ति १ सय ३ अर्ब डलर पुगेको छ।
उनीभन्दा माथिको स्थानमा १०७.६ अर्ब डलरका साथ फेसबुकका मार्क जुकरवर्ग छन्।
केही दिनअघि मात्र अमेजनका जेफ बेजोसको सम्पत्ति २ सय अर्ब डलर छोएको थियो। त्यस्तै सय अर्ब बढी सम्पत्ति हुनेमा माइक्रोसफ्टका विल गेट्स र फ्रान्सेली अर्बपति बर्नाड आर्नोल्ड छन्।
प्रतिक्रिया