एलजीले नेपाली बजारमा नयाँ एआई प्रविधियुक्त वासिङ मेसिन ल्याएको छ।
कम्पनीको आधिकारिक बिक्रेता तथा चौधरी ग्रुपअन्तर्गत रहेको सीजी इम्पेक्स प्रालिले नयाँ मेसिन बजारमा ल्याएको हो।
नयाँ प्रविधि एआई (आर्टिफिसियल इन्टेलिजेन्स) डीडी (डाइरेक्ट ड्राइभ) मोटर भएको यो मेसिनले कपडाको तौलदेखि कोमलता र नाजुकताजस्ता विशेषता पत्ता लगाएर कपडा धुने कम्पनीको भनाइ छ। मेसिनले कपडाको गुणस्तर पनि १८ प्रतिशतले जोगाउने दाबी गरिएको छ।
एआई डीडी वासिङ मेसिनले बिग डाटा विथ डिप लर्निङ उपयोग गरेर कपडा अत्याधुनिक तरिकाले धुनसक्छ। यसमा रहेको स्ट्रिम प्लस प्रविधिले कपडाको रेशा रेशामा छिरेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्ने र हाइजेनिक वास दिनुका साथै ३० प्रतिशत कपडालाई खुम्चिनबाट जोगाउने कम्पनीले जनाएको छ।
मेसिनमा टर्बो वास ३६० डिग्री र फोर हाइस्पिड स्प्रे नोजल छ। जसमा इन्भर्टर पम्प प्रविधि जडान छ। यसका मुख्य विशेषतामा आवश्यकताअनुसार पानीका फोहोरा फाल्ने र ३९ मिनेटमा वास साइकल पूरा गर्ने भएकाले बिजुली र समयको बचत गर्ने बताइएको छ।
यो मेसिनमा कपडा धुँदा नगन्हाउने दाबी गरिएको छ।
प्रतिक्रिया