नेपाल वायुसेवा निगमले चिनियाँ जहाज नउडाउने भएपछि ४ जना पाइलटलाई विदाइ गरेको छ।
निगम बोर्डले साउन १५ देखि चिनियाँ ६ वटै जहाज सञ्चालन नगर्ने निर्णय गरेको थियो।
निगमले एमए–६० जहाजका पाइलट सतीश विक्रम शाह तथा राजेन्द्रमान शाक्य र वाई१२ईका पाइलट फिजोनाथ नेपाली तथा सुरज उपाध्याय लुइँटेललाई विदा गरेको हो।
निगमका निर्देशकले दीपु ज्वारचनले चिनियाँ जहाजलाई व्यावसायिक उडान नगर्ने निणर्यपश्चात् करारमा कार्यरत पाइलटलाई विदाइ गरेको जानकारी दिए।
निगमले साउनदेखि नै उनीहरुको करार नवीकरण गरेको थिएन।
3
Shares
प्रतिक्रिया