ad ad

कारोबार


राजस्व बोर्डको प्रमुखमा पूर्वसचिव दाहाल नियुक्त, नेपालले अन्तर्राष्ट्रिय वित्त निगमको सेयर किन्ने

राजस्व बोर्डको प्रमुखमा पूर्वसचिव दाहाल नियुक्त, नेपालले अन्तर्राष्ट्रिय वित्त निगमको सेयर किन्ने

नेपालखबर
भदौ २, २०७७ मंगलबार ११:३६,

सरकारले राजस्व बोर्डको प्रमुखमा पूर्वसचिव महेश दाहाललाई नियुक्त गरेकाे छ। अर्थ मन्त्रालयकाे प्रस्तावमा साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले दाहाललाई नियुक्त गरिएको सरकारका प्रवक्ता अर्थ तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन्। 

उक्त बाेर्डकाे सदस्यमा पूर्वसहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त गरिएकाे छ। त्यस्तै बैठकले विश्व बैंकअन्तर्गतको संस्था अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्ने निर्णय पनि गरेको छ।

अन्तर्राष्ट्रिय वित्त निगमले पुँजी वृद्धि गर्ने भएपछि नेपाल सरकारले पनि सेयर खरिद गर्ने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैंकले अर्थ मन्त्रालयलाई सेयर खरिदको स्वीकृति दिएको हो। नेपाल पनि अन्तर्राष्ट्रिय वित्त निगमको सदस्य राष्ट्र हो।

मन्त्रालयको प्रस्तावमा एसियाली विकास बैंकको २ सय मिलियन अमेरिकी डलर, नर्वे सरकारको ३० मिलियन अमेरिकी डलर सहयोग पनि स्वीकृत गर्ने निर्णय गरेको छ। उक्त सहयोग दक्षिण एसियाली क्षेत्रमा विद्युत् प्रसारणलाइन विस्तारको लागि आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .