कारोबार


कोरोना कोषमा एनआईसी एसिया बैंकले राखिदियो १ करोड ७ लाख

कोरोना कोषमा एनआईसी एसिया बैंकले राखिदियो १ करोड ७ लाख

नेपालखबर
भदौ २, २०७७ मंगलबार ९:३३,

एनआईसी एसिया बैंकले विश्वव्यापी महामारी कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व वहन गर्दै नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको जनाएको हो।

बैंकले यसअघि समेत आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै देशका सातै प्रदेश सरकारलाई १५÷१५ लाख गरी कुल १ करोड ५ लाख रकम प्रदान गरिसकेको छ।

उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो। साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब ४८ लाखबराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad