ad ad

कारोबार


इपानको अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत

इपानको अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत

नेपालखबर
भदौ १, २०७७ सोमबार २:३३,

वरिष्ठ उद्यमी कृष्णप्रसाद आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

आइतबार राति अबेर सम्पन्न इपानको भेलाले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो। वाम र प्रजातान्त्रिक प्यानलबीच निर्वाचनमार्फत नेतृत्व चयन गर्ने रस्साकस्सीबीच इपानमा आचार्यलाई अध्यक्ष बनाउन सर्वसम्मति जुटेको हो।

बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष आचार्य निर्माणाधीन १ सय ५५ मेगावाटको धुन्साखोला (तेह्रथुम), ४८.८ मेगावाटको खिम्ति–२ (दोलखा), २० मेगावाटको लाङटाङखोला (रसुवा) र व्यवसायिक उत्पादनमा रहेको मोदी खोला–१ (पर्वत) हाइड्रो पावरसँग सम्बद्ध छन्।

आचार्य २०६३÷०६३ को जनआन्दोलनपछि गठित अन्तरिम संसदमा उद्योगी–व्यवसायीका तर्फबाट सांसदसमेत बनेका थिए।

यसअघि ९ सदस्यीय रहेको इपानको कार्यसमिति विधान संशोधन गरी १६ सदस्यीय बनाइएको छ। समितिका तीन उपाध्यक्षमा क्रमशः आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी चयन भए।

यस्तै महासचिवमा गोरे शेर्पा, सचिवमा भरत खत्री, बलराम खतिवडा र राम आचार्य तथा कोषाध्यक्षमा आनन्द चौधरी चुनिएका छन्। कार्यसमिति सदस्यमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने र उत्तम ब्लोन तथा महिला सदस्यमा अविज्ञा मल्ल र कविता कँडेल सर्वसम्मत चयन भएको इपानले जनाएको छ।

बाँकी दुई सदस्य कार्यसमितिले पछि मनोनयन गर्नेछ। यस्तै इपानले पहिलोपटक संघीय संरचनाअनुसार सांगठनिक पुनर्संरचना गर्ने भएको छ। अब हरेक प्रदेशमा इपानको प्रदेश कमिटी गठन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .