सेयरबजारमा आज सामान्य वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १.५१ अंकले बढेको हो।
कुल १ सय ८८ कम्पनीको कारोबार भएको बजारमा आज ९५ करोड १९ लाखको मात्रै सेयर किनबेच भए। दिनभरिमा २० हजार ७ सय १९ पटकको खरिदबिक्री हुँदा ३० लाख ३२ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
कुल १२ समूहको कारोबार भएकामा आज ६ समूहको हरियो र ६ समूहको कारोबार सूचक रातो देखिएको छ। आज सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्सको ६ करोड २० लाखको कारोबार भएको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७८ लाखको, एनआईसी एसिया बैंकको ३ करोड ८७ लाखको र अजोड इन्स्योरेन्सको ३ करोड २७ लाखको कारोबार भएको छ।
आजको कारोबारमा साधना लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सर्वाधिक ९.८९ प्रतिशत आम्दानी गरेका छन्। कम्पनीको सेयर प्रतिकित्ता ५२ रुपैयाँले बढेको हो। त्यसपछि घलेम्दीका सेयरधनीले पनि ९.२६ प्रतिशत कमाएका छन्। यसबाहेक आईएमई जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेपाल बंगलादेश बैंकका सेयरधनीले पनि सामान्य दरमा आम्दानी गरेका छन्।
आज गुमाउने कम्पनीहरुले सर्वाधिक ६.४५ प्रतिशतसम्म घाटा व्यहोरेका छन्। धेरै गुमाउनेमा युनियन हाइड्रोपावर लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी, नेपाल फाइनान्स लिमिटेड लगायतका कम्पनी छन्।

प्रतिक्रिया