मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को निष्काशन तथा विक्रीका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ।
मानुषीले प्रति शेयर अंकित मूल्य रु. १०० दरका तीन लाख कित्ता सेयर बराबर रु. तीन करोड रुपैयाँ साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को निष्काशन गर्ने निर्णय गरेको छ। साथै उक्त संस्थाको सेयर रजिष्ट्रारमा पनि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सानोगौचरण, काठमाडौंमा बुधबार आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबीआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

प्रतिक्रिया