ad ad

कारोबार


एलजी नेपालको आधिकारिक वेबसाइट सार्वजनिक

एलजी नेपालको आधिकारिक वेबसाइट सार्वजनिक

नेपालखबर
साउन २६, २०७७ सोमबार ७:११,

एलजी नेपालको आधिकारिक वेबसाइट लन्च भएको छ। सीजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारिक वेबसाइट www.lgnepal.com लन्च गरेको हो।

यो वेबसाइटमार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरुबारे जानकारी साथ साथै तुलना पनि गर्न सक्नेछन्। यस वेबसाइटमा उपभोक्ताहरुले मूल्य, विशेषता, वारेण्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्नेछन्।

एलजीको कुनै पनि नयाँ उत्पादन आएको र सोको विशेषता यस वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। एलजीको उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाईट बाट दर्ता र प्राप्त गर्न सकिनेछ।

अब ग्राहकवर्गहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एलजीका उत्पादनहरु बुक पनि गर्न सकिनेछ।

यस वेबसाइटले एल.जी. का सबै उत्पादनहरु जस्तै एल.ई.डि टि.भी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसी, एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरु को बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ।

उपभोक्ताहरुले आफ्नो नजिकैको एलजीको शोरुम पनि यस वेबसाइटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्नेछन्। अन्य पनि धेरै विशेषताको साथ उपभोक्ताहरुको जीवनशैली सरल बनाउने लक्ष्यका साथ एलजी नेपाल डटकम वेबसाइट कम्पनीले ल्याएको र यसले एलजीका ग्राहक वर्गलाई अझ धेरै सुविधा प्राप्त हुनेछ भन्ने कम्पनीको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .