कारोबार


वीर अस्पतालमा प्रभु बैंकको २४ घण्टे क्यास काउण्टर सञ्चालन

वीर अस्पतालमा प्रभु बैंकको २४ घण्टे क्यास काउण्टर सञ्चालन

नेपालखबर
साउन ३, २०७६ शुक्रबार १३:५८,

महाबौद्धस्थित वीर अस्पतालको परिसरमा प्रभु बैंक लि. को बैंकिङ्ग सेवा सहित २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ। 

वीर अस्पताल र प्रभु बैंकबीच भएको सहमति अनुसार अस्पताल प्रांगणमा बैंकको क्यास काउनन्टर सञ्चालनमा ल्याइएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपकुलपति प्रा.डा देवनारायण साहले एक समारोहबीच शुक्रबार उक्त २४ घण्टे क्यास काउण्टरको उद्घाटन गरे।

बीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्नपाउने छन्।

प्रभु बैंकको क्यास काउण्टर चौबिसै घण्टा लगातार रुपमा सञ्चालन हुने भएकोले अब देखि बीर अस्पतालमा उपचारका क्रममा आउने जुनसुकै विरामीले आप्mनो आवश्यकतानुसार जुनसुकै समयमा रकम जम्मा गरी अस्पतालको सेवा उपभोग गर्न पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .