कारोबार


उत्पत्तिको प्रमाणपत्र अनलाइन पद्धतीबाट सुरु

उत्पत्तिको प्रमाणपत्र अनलाइन पद्धतीबाट सुरु

नेपालखबर
साउन ३, २०७६ शुक्रबार १३:४५,

नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाण पत्र (सर्टिफिकेट अफ ओरिजिन) अनलाईन पद्धतिबाट सुरु हुने व्यवस्था गरेको छ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सो अनलाइन सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

निकासी व्यापारलाई विद्युतीय प्रणालीमार्फत् सञ्चालन गर्ने सरकारको उद्देश्य अन्तरगत नेपाल चेम्बर अफ कमर्शले सरकारसँगको सहकार्यमा सो सेवा सञ्चालनमा ल्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अधिकारीले बताए। उनले सो सेवा परीक्षणको रुपमा सुरु भएको भदौबाट यसले पूर्ण सेवा दिने पनि बताए।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले सरकारले अवलम्बन गरेको डिजिटल नेपालको अवधारणा अन्तरगत सो अनलाईन सेवा पनि संचालनमा ल्याइएको जानकारी दिए। निकासी व्यापारको तथ्यांकबारे सहज ढंगले जानकारी लिन पनि सो अनलाईन सेवा प्रभावकारी हुने उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .