कारोबार


नेपाल टेलिकमको डिजिटल पेमेन्ट कम्पनीको सीईओमा भण्डारी

नेपाल टेलिकमको डिजिटल पेमेन्ट कम्पनीको सीईओमा भण्डारी

नेपालखबर
साउन २०, २०७७ मंगलबार १६:५,

नेपाल टेलिकमले कम्पनीका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीलाई डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

टेलिकम सञ्चालक समितिको बैठकले मंगलबारदेखि भण्डारीलाई सहायक कम्पनीको सीईओको जिम्मेवारी दिएको हो।

टेलिकमकाअनुसार भण्डारीले नियमित प्रक्रियाबाट नयाँ सीईओ नियुक्त नहुञ्जेलसम्म अन्तरिम सीईओको रुपमा काम गर्नेछन्।

सहायक कम्पनीको सीईओमा नियुक्त भएसँगै भण्डारी टेलिकमको सहायक प्रवक्ताको पदबाट भने मुक्त हुने भएका छन्। यद्यपी, अर्को व्यक्तिलाई सहप्रवक्ताको जिम्मेवारी नतोकेसम्म भने उनको यो पद कायम रहनेछ ।

यसैगरी टेलिकमले मोबाइल मनी सेवा सञ्चालनमा ल्याउन मंगलबार नै अन्तर्राष्ट्रिय स्तरको बोलपत्र समेत आह्वान गरेको छ।

मोबाइल फाइनाइन्सियल सोलुसनको सप्लाई, डेलिभरी, इन्स्टलेसन र कमिसनिङ कार्यका लागि असोज २ भित्र अन्तर्राष्ट्रिय स्तरको बोलपत्रदाताले शिलबन्दी बोलपत्र आवेदन बुझाउनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad