ad ad

कारोबार


सेलपे सेवा र रिलायबल लाइफ इन्स्योरेन्सबीच सहकार्य

सेलपे सेवा र रिलायबल लाइफ इन्स्योरेन्सबीच सहकार्य

नेपालखबर
साउन १२, २०७७ सोमबार १२:५२,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले रिलायबल लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ।

सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र सेलकम प्रालिका प्रबन्धनिर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सहकार्य अन्तर्गत, अब रिलायबल लाइफका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बीमा प्रिमियम तिर्न सेलपे मा आफ्नो खाता लिंक गरी सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिनेछ।

यसका लागि ग्राहकले सेलपेमा लगइन गरी बीमा अप्सनमा क्लिक गर्नुहोस, रिलायबल लाइफ छनौट गरी आफ्नो पोलिसी नम्बर र जन्ममिति राखेपश्चात् आफ्नो बीमा विवरण चेक गरी देखाएको प्रिमियमको रकम पे बटन थिच्नुपर्छ र आफ्नो बीमा प्रिमियम भुक्तानी गर्न कम्पनीले आग्रह गरेको छ। ग्राहकको सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्त्री सेक्सोनबाट सजिलै हेर्न सकिनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .