ad ad

कारोबार


माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

नेपालखबर
साउन १२, २०७७ सोमबार १०:३,

माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा ब्याज कनेक्ट आईपीएसमार्फत भुक्तान गर्नसक्ने गरी सम्झौता भएको छ।

सम्झौतासँगै कर्मचारी सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूले सावाँ र ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नसक्ने भएका छन्।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंक लि.का नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन्।

अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीहरूले कनेक्ट आइपीएस अनलाइन पोर्टलमा लग इन गरेपश्चात् गभरमेन्ट पेमेन्टअन्तर्गत कर्मचारी सञ्चयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन्।

नयाँ व्यवस्था अनुसार बैंक नपुगीकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .