कारोबार


उद्योगपति चौधरी भन्छन्ः कर्मचारी संयन्त्रलाई नेताले नै भुत्ते बनाए

उद्योगपति चौधरी भन्छन्ः कर्मचारी संयन्त्रलाई नेताले नै भुत्ते बनाए

नेपालखबर
साउन २, २०७६ बिहिबार ९:४,

उद्योगपति विनोद चौधरीले मुलुकको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाएका छन्।

मुलुककै धनाढ्य चौधरीले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहोदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको तर्क पनि गरे। नेपाली कांग्रेसका सांसद समेत रहेका उनले लिडरसिपसँगको सम्बन्धको आधारमा माथिल्लो ओहोदामा कर्मचारी पुगेकाले उनीहरुले काम गर्न नसकेको पनि स्मरण गराए।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उद्योगपति चौधरीले २०४६ सालयताका दिनहरुलाई हेर्ने हो भने माथिल्लो ओहोदामा पुग्ने कर्मचारीसँग योग्यता र कार्यक्षमता भन्दा पनि नेतृत्वसँगको सम्बन्धले काम गर्ने गरेको पनि उल्लेख गरे।

सबैभन्दा कम क्षमता भएकाहरुलाई माथिल्लो ओहोदाको जिम्मेवारीमा पु-याउने राजनीतिक नेतृत्वको कारण मुलुकको कर्मचारी संयन्त्र कामै गर्न नसक्ने अवस्था पुगेको उद्योगपति चौधरीको दावी छ।

उद्योगपति चौधरीले कर्मचारी संयन्त्रलाई गतिशील बनाउन उनीहरुको मानसिकतामा परिवर्तन हुने गरी तालिमको व्यवस्था गर्न पनि सरकारसँग माग गरे। योग्यता, क्षमता र कार्यकुशताको आधारमा कर्मचारीलाई जिम्मेवारी दिने व्यवस्था भएमात्रै मुलुकमा कर्मचारीले उचित ढंगले कार्य सम्पादन गर्न सक्ने उनको बुझाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad