ad ad

कारोबार


यही २६ र २७ गते हुने भनिएको उद्योग वाणिज्य महासंघको निर्वाचन सर्‍यो

यही २६ र २७ गते हुने भनिएको उद्योग वाणिज्य महासंघको निर्वाचन सर्‍यो

नेपालखबर
साउन ८, २०७७ बिहिबार १२:२१,

नेपाल उद्योग वाणिज्य महासंघको २६ र २७ गतेको लागि तोकिएको निर्वाचन सरेको छ। महासंघको पदाधिकारी र पूर्वअध्यक्षहरुसहितको बैंकठले निर्वाचन तथा साधारणसभा सार्ने निर्णय गरेको हो।

महासंघका एक पदाधिकारीका अनुसार सरकारले गोष्ठी, सभा सम्मेलन खुलाएको १५ दिनसम्ममा निर्वाचन सम्पन्न गर्ने निर्णय भएको हो।

उनले भने, ‘अहिले मिति तोकिएको छैन। सरकारले सभा सम्मेलन खुलाएको १५ दिनभित्र निर्वाचन गरिसक्ने निर्णय भएको छ। यसको मतलब भदौ महिनाभित्र निर्वाचन सम्पन्न गर्न सकिने अवस्था छ।’

सरकारले लकडाउन खुलाए पनि सभा सम्मेलन र भोजभतेर गर्न खुल्ला गरेको छैन। सरकारको नीतिअनुसार महासंघ अघि बढ्ने निर्णय भएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .