ad ad

समाज


शोरुमको पैसा पचाउन लुटपाटको नाटक, तीन युवक प्रहरीको फन्दामा

शोरुमको पैसा पचाउन लुटपाटको नाटक, तीन युवक प्रहरीको फन्दामा

शैलेन्द्र महतो
साउन ८, २०७७ बिहिबार १२:१९,

धनुषामा दिनदहाडै रकम लुटिएको नाटक गर्नेसहित तीन जना पक्राउ परेका छन्।

रकम लुटिएको नाटक गर्ने युवक धनुषाको यदुकोहास्थिति मोटरसाइकल सोरुममा कार्यरत कमला नगरपालिका २ का २० वर्षीय धिरजकुमार अधिकारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

 धिरजसंगै शहीदनगर नगरपालिका ७ ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुर उपमहानगरपालिका १६ का २१ वर्षीय छोटु झा पनि पक्राउ परेका छन्।

सोरुमको ३ लाख ७६ हजार रुपैयाँ लिएर बैंकमा जम्मा गर्न जनकपुर आउँदै गरेको अवस्थामा बुधबार जनकपुरधाम उपमहानगरपालिका १७ कपिलेश्वर जलाद पुलनजिकै अज्ञात समूहले रकम लुटेको धिरजले प्रहरीलाई सूचना दिएका थिए।

धिरजसहित पक्राउ परेका तीनैजनाले बैंकमा जम्मा गर्न जाने रकम आपसमा भागवण्डा गर्नेसहित नक्कली लुटपाटको योजना बुनेका थिए।

धिरजले रकम लुटिएको विषयमा प्रहरीलाई दिएको सूचनाको आधारमा घटनाको अनुसन्धान गर्दै जाँदा तीनै जनाले लुटपाटको नाटक गरेर सोरुमको पैसा भागवण्डा गर्न खोजेको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।

लुटिएको रकम ३ लाख ५६ हजार छोटु झाको घरबाट बरामद भएको डीएसपी कार्कीले बताए। तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .