कारोबार


निगमको अप्रेसन विभाग प्रमुखमा क्याप्टेन दिपु जुहार्चन नियुक्त

निगमको अप्रेसन विभाग प्रमुखमा क्याप्टेन दिपु जुहार्चन नियुक्त

नेपालखबर
साउन १, २०७६ बुधबार ११:२६,

नेपाल वायुसेवा निगमले अप्रेसन विभाग प्रमुखमा दिपु जुहार्चनलाई नियुक्त गरेको छ। नेपाल एयरलाइन्सले रविन्द्र शेरचनलाई हटाएर जुहार्चनलाई बुधबार अपरेसन विभाग प्रमुखको जिम्मेवारी दिएको हो।

शेरचन अपरेसन विभाग प्रमुख रहँदा नियम मिचेर काम गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा उजुरी परेपछि जुहार्चनलाई जिम्मेवारी दिइएको हो। विवादमा परेपछि शेरचनलाई हटाएर एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले विभागको नेतृत्व जुहार्चनलाई दिएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

जुहार्चनले नेपाल एइरलाइन्सको एयरबस ३२० जहाज उडाउँदै आएका थिए।

प्राधिकरणले निगम नेतृत्वलाई विवादित व्यक्तिलाई अपरेसन विभागको नेतृत्व नदिन सुझाव दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad