ad ad

कारोबार


काेभिड रहेसम्म अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा थप पैसा तिर्नु नपर्ने

काेभिड रहेसम्म अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा थप पैसा तिर्नु नपर्ने

नेपालखबर
साउन २, २०७७ शुक्रबार ११:३०,

नेपाल राष्ट्र बैंकले अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा बैंकहरुले लिँदै आएको अतिरिक्त शुल्क हटाउने भएको छ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिमा उक्त व्यवस्था गरिएको हो।

‘बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबारबीच अन्तराबद्धता हुने व्यवस्था गरिनेछ’, मौद्रिक नीतिको १७४ नम्बर शीर्षकमा भनिएको छ, ‘कोभिड १९ को असर रहेसम्मको लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइनेछ।’

बैंकहरुले ०७६ चैत ११ मा लकडाउन सुरु भएसँगै यस्तो सुविधा दिए पनि दुई दिनअघि मात्रै वाणिज्य, विकास र वित्तीय कम्पनीहरुकोे संगठनले संयुक्त सूचना जारी गर्दै उक्त व्यवस्था हटाइएको र शुल्क लिने र नलिने निर्णय सम्बन्धित संस्थाले नै निर्धारण गर्न सक्ने बताएका थिए।

उनीहरुको उक्त निर्णयपछि विभिन्न बैंकहरुले शुल्क लिने सूचना समेत जारी गर्न थालिसकेका छन्। तर कोभिड असर रहेसम्म राष्ट्र बैंकले त्यसरी शुल्क लिन नपाउने व्यवस्था गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .