ad ad

कारोबार


धितोपत्र बजारः नेप्से ३२ अंकले बढ्यो

धितोपत्र बजारः नेप्से ३२ अंकले बढ्यो

नेपालखबर
साउन १, २०७७ बिहिबार १३:१६,

धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२ अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अंकले बढेर एक हजार ३९४.७७ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ६.८१ अंकले बढेर २९५.०६ मा पुगेको छ।

आज कूल १८० कम्पनीका २९ लाख १४ लाख ५१८ कित्ता शेयर रु एक अर्ब चार करोड १७ लाख ७० हजार ८६७ मा खरिदविक्री भयो। आज कारोबार भएको १२ वटै उपसमूहको शेयर उकालो लागेको छ।

बैंकिङ ४०.९९, व्यापार १३.९१, होटल १२.२६, विकास बैंक ६०.०५, जलविद्युत् ९.९२, वित्त १६.८२, निर्जीवन बीमा ७९.३७, उत्पादन ४५.५५, अन्य ६.७९, लघुवित्त ६.४८, जीवन बीमा १३४१.१५ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ ।

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर रु नौ करोड ४१ लाख ७२ हजार ५६४ मा खरिदविक्री भयो।

यस्तै एनएमबी बैंकको रु आठ करोड २७ लाख ५७ हजार ५०८, एनआईसी एशिया बैंकको रु पाँच करोड ६८ लाख २१ हजार ६७३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ५८ लाख ४८ हजार ३२८, नबिल बैंक लिमिटेड रु तीन करोड चार लाख १३ हजार १४६ र ग्लोबल आईएमई बैंकको शेयर रु दुई करोड ५१ लाख ३२ हजार ३५० मा खरिदविक्री भयो।

आज सबैभन्दा बढी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.९६ प्रतिशतले कमाए।

यस्तै मितेरी डेभलपमेन्ट बैंक ९.१२, लक्ष्मी बैंक ९.०९, पोखरा फाइनान्स ८.९०, रिलायन्स फाइनान्स ८.२६ र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.११ प्रतिशतले कमाए।

ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले ६.३८ प्रतिशतले गुमाउँदा राधी विद्युत् कम्पनी ५.०३, नबिल ब्यालेन्स फण्ड–२ ३.८४, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.०३, स्वरोजगार लघुवित्त विकास बैंक ३.०३, युनाइटेड मोदी हाइड्रोपावर २.८८ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले २.८२ प्रतिशतले गुमाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .