कारोबार


लामो दूरीका सार्वजनिक यातायात खोल्न व्यवसायीको प्रस्ताव, विभाग भन्छः अर्को बैठकमा निष्कर्ष आउँछ

लामो दूरीका सार्वजनिक यातायात खोल्न व्यवसायीको प्रस्ताव, विभाग भन्छः अर्को बैठकमा निष्कर्ष आउँछ

नेपालखबर
असार ३१, २०७७ बुधबार १२:१३,

यातायात व्यवसायीहरुले वातावरण सहज बने लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन्।

यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दूरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन्।

सरकारले आफूहरुसँग परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेको व्यवसायीहरुले विभागमा भएको सर्वपक्षीय छलफलमा यस्तो प्रस्ताव गरेका हुन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले वातावरण सहज बने लामो दूरीको यातायात सञ्चालन गर्ने प्रस्ताव गरिएको बताए। आफ्ना मागहरुप्रति सरकार सकारात्मक बनि स्वस्थ्य यात्राो वातावरण बने लामो दूरीको सवारी सञ्चालन गर्न सकिने प्रस्ताव छलफलको क्रममा रहेको उनले बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले सवारी सञ्चालनका लागि जारी भएको प्रोटोकलका विषयमा छलफल भएको बताए।

कोरोनाको संक्रमणबाट यात्रुहरुले जोगाएर आवागमनलाई सहज बनाउने सम्बन्धमा सर्वपक्षीय बैठकले निर्णय गरेको उनले बताए। स्वास्थ्य सुरक्षाका सबै पक्षलाई ध्यान दिँदै कुन निकायले के गर्ने भन्ने जिम्मेवारी समेत तोकिएको उनले बताए।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी सञ्चालन गर्दा कोरोनाले पार्न सक्ने प्रभाव नियन्त्रण र न्यूनीकरणका विषयमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए।

सरोकारवालसँगको बृहत छलफलपछि सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनेको उनले बताए। ‘एक्सन प्लान’मा कुन जिम्मेवारी कुन निकायले लिने भन्ने सन्दर्भमा जिम्मेवारी समेत तोकिएको र त्यो जिम्मेवारीको विस्तृत गृहकार्य गर्दै अर्को बैठकमा निष्कर्ष निस्किने बताए।

विभागमा भएको छलफलमा यातायात कार्यालयका प्रतिनिधि, यातायात व्यवसायी, उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधि, ट्रफिक प्रहरी प्रमुख, मजदुर ट्रेड युनियनका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि समेत छलफलमा सहभागी थिए।

सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरे पनि पूर्ण रुपमा अझै यातायात सञ्चालन हुन सकेका छैनन् । व्यवसायीहरुले विभिन्न माग राख्दै यथास्थितिमा सञ्चालन गर्न नसक्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad