कोरोना संकटसँगै बैंकहरुले जुन एटीएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था भोलि अर्थात् साउन १ देखि हट्ने भएको छ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार सूचना जारी गर्दै लकडाउनमा ल्याइएको शुल्क नलाग्ने व्यवस्था परिवर्तन हुने जानकारी दिएका हुन्।
उनीहरुका अनुसार अब लकडाउन खुकुलो भइसकेको र सबै बैंकका शाखाहरु खुला रहेको अवस्थामा अन्तर्बैंक एटीएम प्रयोग गर्दा लाग्ने शुल्क लिने÷नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्था आफैँले निर्धारण गर्न पाउनेछन्।
साथै कनेक्ट आईपीएस, एनसीएचएल–आईपीएस, एनसीएचएल–ईसीसी सम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ हाउस लिमिटेडले नै गर्ने सूचनामा जनाइएको छ।
यसअघि लकडाउनमा बैंकहरुले सर्वसाधारणलाई असहज नहोस् भनेर उक्त सुविधा दिएका थिए।
प्रतिक्रिया