कारोबार


देशभर २ सय ४३ सडक पुलको निर्माण

देशभर २ सय ४३ सडक पुलको निर्माण

नेपालखबर
साउन १, २०७६ बुधबार ७:२,

 सरकारले यस वर्ष देशभरमा जम्मा २ सय ४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ। गत वर्षहरुमा वार्षिक १ सयको हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ। 

यस वर्ष सरकारले ३ सय पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो। विभागका प्रवक्ता शिवहरि सापकोटाले महत्वाकांक्षी भएकाले मात्रै लक्ष्यमा नपुगिएको बताए। एक सयको हाराहारीमा निर्माण हुने गरेकामा दुई सय नाघ्नु नै महत्वपूर्ण भएको उनले बताए। उनले भने, “अहिले जति निर्माण सम्पन्न भएको छ त्यसमा पनि खुशी हुनुपर्छ ।”

चालू आवको सुरुवातमा पुराना र नयाँ गरेर ९ सय २५ सडक पुल निर्माणाधीन रहेको विभागले जनाएको छ। तीमध्ये निर्माणाधीन ६ सय ८२ पुल बजेट नभएकाले सम्पन्न भइनसकेको उनको भनाइ छ। उनले भने, “आगामी वर्षको बजेटबाट यी पुल निर्माणको काम अघि बढ्नेछ।’

पछिल्लो पाँच वर्षमा एक वर्षमा एक सयभन्दा कम मात्रै पुल निर्माण सम्पन्न भएको तथ्याङ्कले देखाएको छ। आव २०७४/७५ मा ८४ र आव २०७३/७४ मा ७४ पुल निर्माण सम्पन्न भएको थियो। सरकारले यस वर्षको बजेटमा तुइन, फड्के र अस्थायी साँघु दुई वर्षभित्र पूर्णरूपले विस्थापित गर्न आगामी आवको बजेटमा दुई अर्ब ३८ करोड विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .