कारोबार


इन्टरनेटको मूल्य १३ प्रतिशतले बढ्यो, मारमा उपभोक्ता

 इन्टरनेटको मूल्य  १३ प्रतिशतले  बढ्यो, मारमा उपभोक्ता

नेपालखबर
साउन १, २०७६ बुधबार ६:३१,

इन्टरनेटको मूल्यमा १३ प्रतिशतले वृद्धि भएको छ।

आज (बुधबार)बाट इन्टरनेटको मूल्यमा १३ प्रतिशतले वृद्धि गर्ने इन्टरनेट प्रदायकहरुको संस्था आइस्पानले जनाएको छ।

आइस्पानले निर्णय नै गरेर आज अर्थात साउन १ गतेबाट उपभोक्तबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क उठाउने भएका हुन्।

 सरकारले इन्टरनेटमा १३ प्रतिशत शुल्क वृद्धि गरेपछि सो शुल्क उपभोक्तबाटै उटाउने निर्णय आइस्पानले गरेको अध्यक्ष भोजराज भट्टले जानकारी दिए। ‘आइतबार आइस्पानको बैठक नै बसेर थपिएको शुल्क उपभोक्ताबाटै उठाउने निर्णय गरेको छ। आजैका मितिबाट इन्टरनेटको मूल्यमा १३ प्रतिशतले वृद्धि भएको छ।’

सरकारले इन्टरनेट प्रदायक सांस्थाको माग पूरा गर्ने तयारी गरिरहेका बेला आइस्पानले इन्टरनेटको मूल्य बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा बताउँछन्। ‘दुई चार दिन धैर्य गर्नुहोस् माग पुरा हुन्छन भनेका छौँ। सरकारको आग्रह नटेरी मुल्य बढाए उहाँहरका लागि दुर्भाग्य हुनेछ।’

सरकारले गत आर्थिक वर्षदेखि १३ प्रतिशत शुल्क बढाउने निर्णय गरेको थियो। यस वर्ष पनि सरकारले सोही शुल्कलाई निरन्तरता दिएपछि यन्टरनेट प्रयादयक संस्थाहरुले त्यसको विरोध गर्दै आएका थिए। उनीहरुले आफूसँग भएको सहमति विपरीत सरकार गएको आरोप लगाएका छन।

इन्टरनेटको मूल्य बढाउने सरकार निर्णयविरुद्ध चौतर्फी विरोध भएपछि सरकारले घरयासी रुपमा प्रयोग गर्नेहरुबाट बढेको शुल्क नलिने र त्यसबापत सरकारले सेवा प्रदायकलाई इन्टरनेटको आधा शुल्कलाई मर्मत सम्भार शुल्क शीर्षकमा लिन पाउने सहमति भएको थियो। त्यस्तै सो शुल्कमा दूरसञ्चार सेवा शुल्क नलाग्ने गरी दूरसञ्चार नियमावली संशोधन गर्ने, इन्टरनेट जडान गर्नका लागि प्रयोग हुने राउटरलगायतका उपकरणमा कर छुट दिने निर्णय गरेको थियो। सरकार सो निर्णयबाटपछि हटेको उनीहरुको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad