कारोबार


नबिल बैंकले स्थापना गर्‍यो डिजी बैंक, ग्राहकले पाउनेछन् यस्ता फाइदा

नबिल बैंकले स्थापना गर्‍यो डिजी बैंक, ग्राहकले पाउनेछन् यस्ता फाइदा

नेपालखबर
असार २८, २०७७ आइतबार ९:५८,

चर्चित बैंक नबिलले डिजिटल बैंकिङको अवधारणामा ‘नबिल डिजी बैंक’ स्थापना गरेको छ।

३६औँ वार्षिकोत्सवको अवसरमा अनलाइन मिडिया संवाद गर्दै बैंकले यसबारे जानकारी दिएको हो।

डिजी बैंकमा ग्राहकले चाहेको समय, ठाउँ र सुविधाअनुसार बैंकिङ सेवा उपभोग गर्न पाउनेछन्। बैंकले यसलाई प्रविधिमा आधारित रुपान्तरणको आधार तय भएको जनाएको छ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले अबका दिनमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवामार्फत ग्राहक सिर्जना गर्दै जाने लक्ष्य राखेको बताए।

उनले भने, ‘रुपान्तरणको प्रक्रियामा बैंकले बैंकिङ क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरिरहेको भारतको आईसीआईसीआई बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजिजसँग रणनैतिक साझेदारी सुरु गरिसकेका छौँ।’

उनले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजी बैंक नबिल बैंकको स्थायी संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रक्रियाको अपरिहार्य प्रस्थान विन्दु भएको प्रस्ट पारे।

यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने उनको दाबी छ। अबदेखि डिजिटल रणनीति तथा कार्यक्रममार्फत पारम्परिक बैंकिङ पद्धतिलाई चुनौती दिँदै ग्राहक, फिन्टेकलगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गरे।

उक्त कार्यक्रममा हुवावे नेपालका सीईओ डेङ शुगेनले बैंकलाई ३६ वर्ष पार गरेकोमा बधाई ज्ञापन गरे। उनले हुवावेले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रक्रियामा प्रयोग गरी सहयोग गर्ने बताए।

नबिल डिजी बैंकका प्रमुख विनय कुमार रेग्मीले टिम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकको जीवनयात्रालाई आर्थिक सेवामार्फत सशक्त र सुविधायुक्त बनाउन गरिने प्रयासबारे जानकारी दिएका थिए। कार्यक्रममा पूर्वमिस नेपाल शृंखला खतिवडा, युवा कलाकार अनमोल केसीले पनि बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad