ad ad

कारोबार


मर्जरमा जान आईएमई पे तयार

मर्जरमा जान आईएमई पे तयार

नेपालखबर
असार २३, २०७७ मंगलबार १०:१५,

मुलुकमा विद्युतीय भुक्तानी गर्ने सेवा प्रदायकको संख्या वृद्धि हुँदै जाँदा मर्जरको चर्चा पनि सुरु भएको छ।

बजारमा आक्रामक प्रतिस्पर्धाको लागि ठूलो लगानी चाहिने भएकाले ‘मर्जर’मा गएर त्यो लक्ष्य पूरा गर्न सकिने मोबाइल वालेट कम्पनीहरुको भनाइ छ।

डिजिटल भुक्तानी कम्पनीहरुबीच प्रतिस्पर्धामा रहेको ‘आईएमई पे’ले मर्जरमा जान तयार रहेको र यसबारे छलफलसमेत भइरहेको जनाएको छ।

‘कोही मर्जरको लागि इच्छुक छ भने हामी खुला छौँ’, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहटाले नेपालखबरसँग भने, ‘एकलौटी गर्नुपर्छ भन्ने छैन। कोही मिलेर गर्न चाहन्छन् भने हामी तयार छौँ।’

अहिले पनि मर्जरको लागि अफर आइरहेको र छलफल भइरहेको उनको भनाइ छ। छलफल भर्खर सुरुवात भएको भन्दै कुन कम्पनीसँग भन्ने नाम खुलाउन चाहेनन्।

बजार ठूलो र प्रतिस्पर्धा पनि धेरै भएकाले मिलेर जाँदा सफल भइने उनको भनाइ छ।

यो व्यवसायमा सफलता पाउने लामो समय लाग्ने र धेरै लगानी गर्नुपर्ने हुन्छ। लगानी जुटाउन समेत गाह्रो भइरहेको व्यवसायीहरुको भनाइ छ।

‘यदि कसैलाई एक्लै जान गाह्रो छ। मिलेर गरौँ भन्ने कोही हुनुहुन्छ भने हामी कुरा गर्न तयार छौँ’, नाहटाले भने।

वालेट कम्पनी मात्र नभएर ‘डिजिटल इकोसिस्टम’ सञ्चालकसँग पनि कुरा गर्न तयार रहेको उनले बताए।

‘कसैले एउटा क्षेत्र वा सेग्मेन्ट हेर्छ भने स्वागत छ’, उनले भने, ‘काम गर्ने ठाउँ अथाह छ।’

मर्जरमा जान भने धेरै कुरा मिल्न आवश्यक छ। सबै कुरा मिल्छ भने मर्जरको लागि खुला रहेको उनले बताए।

आईएमई पे कर्पोरेट संस्था भएकाले त्यसैअनुसारको नीतिनियममा बाँधिनुपर्ने उनले बताए।

‘हाम्रो नीति नियम, प्रोसेस अलि कडा हुन्छ’, नाहटाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .