ad ad

कारोबार


अब अष्ट्रेलियाबाट सजिलै रकम पठाउन सकिने

अब अष्ट्रेलियाबाट सजिलै रकम पठाउन सकिने

नेपालखबर
असार २२, २०७७ सोमबार १०:२०,

अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन्।

सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। विद्युतीय प्रणाली मार्फत विप्रेषण उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको बैंकले जनााएको छ।

सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ। रोयल रेमिट नेपाल मार्फत पैसा पठाउँदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ।

रोयल रेमिट नेपाल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखा तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ।

बैंक खातावालाको हकमा भने यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खातामा केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .