ad ad

कारोबार


आर्थिक वर्षको अन्तिम दिन आज बैंक राति अबेरसम्म खुल्ने

आर्थिक वर्षको अन्तिम दिन आज बैंक राति अबेरसम्म खुल्ने

नेपालखबर
असार ३१, २०७६ मंगलबार ७:५३,

आज अर्थात् मंगलबार राति अबेरसम्म बैंकको खुल्ने भएको छ। अर्थ मन्त्रालयले राष्ट्र बैंकमार्फत राति अबेरसम्म बैंक काउन्टर खुलाउन बैंकहरुलाई निर्देशन दिएको हो। आज आर्थिक वर्ष २०७५/०७६ को अन्तिम दिन भएकाले राजस्व चुक्ता गर्ने म्याद पनि अन्तिम दिन भएको भन्दै बैंकहरुलाई उक्त दिर्नेशन जारी गरेको हो।

महालेखा नियन्त्रकको कार्यालयले नेपाल राष्ट्र बैंकमार्फत नै निर्देशन जारी गर्दै खर्चको चेकहरु सम्भव भएसम्म मंगलबार नै साटिने व्यवस्था मिलाउन भनेको छ।

त्यसको लागि बैंक कार्यलय राति अबेरसम्म खुलाउन निर्देशन दिएको हो। महालेखाले चेक क्लियरिङ हुने शाखा तथा काउन्टरहरुमा राति अबेरसम्म कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .