कारोबार


विदेश जाने यात्रुको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिने

विदेश जाने यात्रुको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिने

नेपालखबर
असार १६, २०७७ मंगलबार ११:१,

कोरोना परीक्षण नगरी विदेश जान लागेका यात्रुको स्वास्थ्य परीक्षण विमानस्थलमै गरिने भएको छ।

कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को सोमबारको बैठकले यसका लागि आवश्यक तयारी गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो।

नेपालबाट अन्य देश प्रस्थान गर्ने यात्रुहरुको पीसीआर परीक्षण नभएका व्यक्तिहरुलाई विमानस्थलमै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन सीसीएमसीले भनेको हो। मन्त्रालयले उनीहरुको ज्वरो परीक्षणको व्यवस्था गर्ने जनाएको छ।

विमानस्थलको डिपार्चर लन्जमा न्युनतम स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीका लागि सरकारले पीपीई उपलब्ध गराउने भएको छ।

विमानस्थलको फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मी, वायुसेवा कम्पनीका लोड अनलोड गर्ने कर्मचारीको लागि दुई जोरका दरले पीपीई उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad