ad ad

कारोबार


ओपो टीडब्ल्यूएस इयरफोन्सको चीनमा प्याटेन्ट दर्ता

ओपो टीडब्ल्यूएस इयरफोन्सको चीनमा प्याटेन्ट दर्ता

नेपालखबर
असार १५, २०७७ सोमबार ९:८,

गत मार्च महिनामा ओपोले नेपालमा आफ्नो पहिलो टीडब्ल्यूएस इयरफोन, एन्को फ्रि सार्वजनिक गरेको छ। गत वर्षको डिसेम्बर महिनामा पहिलो पटक यो उत्पादन सार्वजनिक गरिएको थियो।

यस लगतै कम्पनीले लगातार हियरेबल्स मार्केटको बजार हिस्सा हात पार्ने सोचका साथ थप इयरबड्सपनि सार्वजनिक गरिसकेको जनाएको छ। यही क्रममा ओपो- ब्राण्डेड ट्रुलि वायरलेस इयरबड्स चाइनिज प्याटेन्ट अफिस (सीएनआईपीए)सँग प्याटेन्ट गरिएको छ।

प्याटेन्ट गरिएको इयरबड्समा इन–इयर डिजाइनका साथै यही महिनाको सूरुवातमा चीनमा सार्वजनिक गरिएको एन्को डब्ल्यू५१ टीडब्ल्यूएस इयरफोन्समा झैँ स्टेमको प्रयोग गरिएको छ। यी दूई उत्पादनमा रहेका प्रमुख भिन्नतामा प्रमाणित यस मोडलमा एन्को डब्ल्यू५१को तुलनामा छोटा स्टेमको प्रयोग गरिएको छ।

इयरबड्को पछिल्तिरको भागमा हल्का घुमाउरो डिजाइन प्रदान गरिएको छ। साथै यसमा, गोलाकारमा सुनौलो रिंग र सम्भवतः न्वाइज क्यान्सिलेसनका लागि एउटा कट–आउट डिजाइन पनि अपनाइएको छ।

प्रमाणिकरण सुचीमा इयरबड्स सम्बन्धी विस्तृत विवरण दिइएको छैन। तथापी, यसमा एक्टिभ न्वाइज क्यान्सिलेसन तथा डिप बास लगायत फिचर्सहरु उपलब्ध हुने अनुमान गरिएको छ। छोटो स्टेमलाई दृष्टिगत गर्दै यसमा रहेको माइक्रोफोनपनि निकै सम्बेदनशील हुने अनुमान लगाउन सकिन्छ। साथै, ब्ल्यूटूथ ५.०, आईपी वाटर रेसिस्टेन्स रेटिङ र सम्भावित तिकाउ ब्याट्री लगायत साधारण फिचर्स यसमा हुने निश्चित प्राय छ।

साथै, डिजाइनमा चार्जिङ केस मार्फत इयरबड्स चार्ज गर्नका लागि यसमा रहेका छोटा स्टेममा एक जोडी पोगो पिन्सको ब्यवस्था समेत हुने अनुमान सहजै लगाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .