ad ad

कारोबार


कामना सेवाकाे अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा

कामना सेवाकाे अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा

नेपालखबर
असार १५, २०७७ सोमबार ८:५३,

‘प्रगतिको आधार कामना सेवा सँग कारोबार’ भन्ने मूल नाराका साथ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले अनलाइन कर्जा आवेदन सेवा सुरु गरेको छ।

कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षालाई ध्यानमा राख्दै यही असार १४ गतेदेखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाइन कर्जा योग्यता मापन÷आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको जनाएको छ।

अब ग्राहकहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सक्नेछन्।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–एसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरुलाई सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .