चिनियाँ कदमबाट पुरा देश नै दुखी भएको र आक्रोशित बनेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
शुक्रबार टेलिभिजनमा दिइएको एक वक्तव्यमा मोदीले भारतीय सीमाभित्र विदेशी सुरक्षा फौज नरहेको र आफ्नो भूभाग पनि नगुमेको उल्लेख गर्दै सीमालाई भारतीय सेनाले सुरक्षित राख्ने बताएका थिए।
सो क्रममा मोदीले भनेका थिए,‘चीनले चालेका कदमहरूबाट भारतको चित्त दुखेको छ र आक्रोशित बनेको छ। भारत आफ्नो सार्वभौमसत्तालाई शिरमा राखेर शान्ति र मित्रता चाहन्छ।’
सोमवारको झडपपछि बोल्दै मोदीले भनेका थिए,‘न कोही हाम्रो भूभागमा घुसेका छन् न त हाम्रो चौकी नै कब्जा भएको छ।’

यसैहप्ताको सोमबार लद्दाख नजिकको विवादित क्षेत्रमा भएको झडपमा २० भारतीय सेना मारिएका थिए। तर चीलने हालसम्म आफ्ना सेनामा भएको हाताहतीको विषय सार्वजनिक गरेको छैन।
भारतले भने लद्दाखस्थित गलवान उपत्यकामा भएको लडाइका क्रममा दुवै पक्षलाई क्षति पुगेको जनाएको छ।
बन्दुक र विस्फोटक पदार्थ उक्त क्षेत्रमा ल्याउन नपाइने सन् १९९६को सम्झौता अनुसार गोलीगट्ठा बिना भएको लडाइका क्रममा कम्तीमा ७६ जना भारतीय सेना घाइते भएको बताइएको छ।
बिहीबार भारतका एक वरिष्ठ सैन्य अधिकारीले बीबीसीलाई एक तस्बिर पठाएका थिए। फलामे काँडाले बेरिएको उक्त लाठी झडपमा प्रयोग भएको बताइएको थियो।


प्रतिक्रिया