ad ad

कारोबार


ग्रिल उद्योगलाई सुरक्षित बनाउन उपकरण हस्तान्तरण

ग्रिल उद्योगलाई सुरक्षित बनाउन उपकरण हस्तान्तरण

नेपालखबर
असार ५, २०७७ शुक्रबार १०:४३,

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रमले ग्रिल उद्योगहरुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ।

सरकारले लक डाउन खुलुलो बनाएसँगै सञ्चालनमा आएका उद्योगमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षाका लागि परियोजनाले ग्रिल तथा स्टिल व्यवसायी महासंघ र अटो मेकानिकल महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। कोरोना संक्रमणको समयमा सञ्चालनमा आएका उद्योगहरुमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षालाई मध्यनजर गर्दै सामग्री हस्तान्तरण गरिएको परियोजनाका टिम लिडर सुवास सुवेदीले बताए।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सरकारले लक डाउनको मोडालिटी परिवर्तन गरेसँगै सञ्चालनम आएका उद्योगहरुलाई कसरी सुरक्षित बनाउने भन्नेकुरा मध्यनजर गर्दै ५ वटा उद्योगहरुलाई नमुनाका रुपमा सामग्री दिइएको बताए।

स्वास्थ्य सुरक्षाका सामग्रीले कोरोना संक्रमण न्यूनिकरणका लागि थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। ग्रिल व्यवसायी राम कुमार गिरीले लक डाउनको मोडालिटी परिवर्तन भएपछि सम्पूर्ण सुरक्षा सावधानी अपनाएर उद्योग सञ्चालनमा आएको बताए।

स्वीस सरकारको स्वीस विकास सहयोग र नेपाल सरकारको सहकायमा सञ्चालित एसटिसी परियोजना अन्तरर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .