कारोबार


हङकङ, युएई र जोर्डनबाट मेगा बैंकको ‘मेगा रेमिट’ सेवा

हङकङ, युएई र जोर्डनबाट मेगा बैंकको ‘मेगा रेमिट’ सेवा

नेपालखबर
असार २९, २०७६ आइतबार १२:१६,

मेगा बैंक नेपाल लिमिटेडले एकैपटक तीन वटा देशमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ ।

हङकङ, युएई र जोर्डनमा मेगा रेमिटको सञ्जाल विस्तार गरिएको हो । हङकङबाट नेपालीहरुले अब ई–पे लिमिटेडबाट मेगा रेमिटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् ।

युएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमिटमा रकम पठाउन सकिने बैंकले जनाएको छ । यसैगरी, जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको छ ।

हङकङको ई–पे लिमिटेड, युएईको सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंक र देशभर छरिएका मेगा बैंकका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad