सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ।
बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका ग्राहक महानुभावहरुले यस बैंकका मुलुकभर फैलिएको ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ।
3
Shares

प्रतिक्रिया