कारोबार


विदेशबाट नेपाली ल्याउन तोकिएको हवाइ भाडाको पर्यटनमन्त्रीले गरे बचाउ

विदेशबाट नेपाली ल्याउन तोकिएको हवाइ भाडाको पर्यटनमन्त्रीले गरे बचाउ

नेपालखबर
असार ३, २०७७ बुधबार १२:६,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले सरकारले तोकेको हवाई भाडादरको बचाउ गरेका छन्।

विनियोजन विधेयकमाथि २०७७ माथि राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले विदेशी एयरलाइन्सहरुले तोको भाडादरको उदाहरुण दिँदै उनले नेपाली एयरलाइन्सको भाडाको बचाउ गरेका हुन्। उनले अमेरिका, क्यानडा, हङकङ तथा अष्ट्रेलियन एयरलाइन्सको भन्दा नेपाली एयरलाइन्सका भाडा सस्तो भएको बताए।

उनले भने, ‘अमेरिका जाँदा ३ हजार डलरको टिकट काटेर जानुभएको छ। क्यानडा जाँदा ३५ सय डलर बढी छ। अष्ट्रेलियाले २५ सय डलर उठाइएको छ। जापानले १५ सय सम्म र हङकङले ८ सय डलरभन्दा बढी उठाएको छ। यसमा हामी कोही पनि बोल्दैनौँ। किनकी यो विदेशी एयरलाइन्सको मामला हो। भिसा पाइँदैनकी भनेर डराएर बोल्दैनौँ।’

उनले थपे, ‘तर हामीले हङकङ जाने ५ सय ५० डलर मात्रै तोकेका छौँ। जापानबाट आउनेलाई ९ सय ३५ डलर तोकिएको छ। अष्ट्रेलिया १६ सय १५ डलर तोकिएको छ। बंगलदेशको १ सय ६५ डलर हो कतारको ३ सय ६५ डलर हो। सामान्य अवस्थामा पनि यो भाडादर यो भन्दा महंगो हुने अवस्था बन्छ। खर्चमात्रै उठ्ने गरी नेपालीहरुलाई ल्याउनुपर्छ भनेका छौँ। अमेरिका युरोपबाट पनि आउँदैछन्। पहिले अमेरिका जाँदा ३ हजार तिरियो तर अब १५, १६ सय डलर भन्द बढी लिन नपाउने भनेर हामीले तोकेका छौँ। युरोपमा ११, १२ सय तोकेका छौँ। पहिले त्यहाँ १५ सय २ हजार डलर तिरेर यात्रु लाने काम भयो।’

मन्त्री भट्टराईले लक डाउनको अवधिमा १ सय ८ वटा अन्तर्राष्ट्रिय उडान भएको बताए। ६६ उडान यात्रुसहित र ४२ वटा कार्गो उडान भएको बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लक डाउनको अवधिमा ११ हजार ८ सय ५६ जना यात्रुको आवत जावत भएको बताए। विदेशी वायुसेवाका २५ विमानले ५४ र नेपालका ४ वटा वायुसेवाले ५४ वटा उडान गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad