कारोबार


अमेरिकाबाट नेपाली लिएर ४ जहाज काठमाडौं आउने (दूतावासको जरुरी सूचनासहित)

अमेरिकाबाट नेपाली लिएर ४ जहाज काठमाडौं आउने (दूतावासको जरुरी सूचनासहित)

नेपालखबर
असार २, २०७७ मंगलबार ४:६,

अमेरिकाबाट तत्काल नेपाल आउनैपर्ने अवस्थामा रहेका नेपालीलाई ल्याउन चार जहाजको व्यवस्था गरिएको छ।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार त्यसका लागि यही असार ९ र ११ गते २-२ वटा गरी ४ जहाजले नेपाल उडान गर्नेछन्।

असार ९ गते न्युयोर्कबाट टर्किस एयरलाइन्स र वासिङटनबाट कतार एयरवेज नेपाली लिएर काठमाडौं जाने दूतावासले जानकारी दिएको छ।

यस्तै असार १३ गते सिकागोबाट टर्किस एयरलाइन्स र ड्यालसबाट कतार एयरवेजले नेपाल उडान गर्नेछन्।

हवाई भाडा भने यात्रुले आफैंले तिर्नुपर्ने दूतावासको सूचना (तल सूचना राखिएको छ) मा उल्लेख छ।

सूचनाअनुसार टर्किस एयरलाइन्सले १५ सय ३७ डलर अर्थात् १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ तथा कतार एयरवेजले १६ सय डलर अर्थात् १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा तोकेका छन्।

दूतावासका अनुसार नेपाल फर्किन चाहने नेपालीले भरेका अनलाइन फारामका आधारमा प्राथमिकता निर्धारण गरिएको छ।

नेपाल फर्किन पासपोर्ट र अन्य ट्राभल डकुमेन्ट र कोरोना नलागेको स्वास्थ्य जाँचको प्रमाणपत्र पेस गर्नुपर्नेछ। नेपाल आइसकेपछि पनि सरकारले तोकेअनुसार क्वरेन्टिनमा बस्नुपर्ने नियम छ।

qbi

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad