ad ad

कारोबार


प्रदेश २ को बजेट: पहिलो प्राथमिकता स्वास्थ्य, दाेस्राेमा कृषि (पूर्ण पाठ)

प्रदेश २ को बजेट:  पहिलो प्राथमिकता स्वास्थ्य, दाेस्राेमा कृषि (पूर्ण पाठ)

शैलेन्द्र महतो
असार १, २०७७ सोमबार १३:२४,

प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको लागि ३३ अर्व ५६ करोडको बजेट ल्याएको छ। प्रदेशसभा २ मा सोमबार प्रदेश २ का सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी आ.व. २०७७।०७८ लागि ३३ अर्ब, ५६ करोड, ९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेका हुन्।

चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार आर्थत ४५.९५ प्रतिशत र पूँजिगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार आर्थत ५३.६७ प्रतिशत बजेट विनियोजन गरेको छ।

बजेटमा कोभिड १९ लाई लक्षित गरी स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता र कृषि क्षेत्रलाई दोश्रो प्राथमिकतामा राखेर बजेट ल्याएको हो। प्रदेश सरकारले चालु आ.व. २०७६.०७७ को तुलनामा आगामी आर्थिक वर्षको बजेट ५ अर्ब १६ करोड बजेट कम रहेको छ।

यसअघि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट विनियोजन गरेको थियो। अगामी आर्थिक वर्षको बजेटमा जनतालाई सर्भसुलभ प्रभावकारी स्वास्थ्य सेवाको लागि प्रत्येक जिल्ला अस्पतालको स्तरोन्नति गरी दुईसय सैय्याको बनाइ अधुनिक सुविधा सम्पन्न बनाउने बजेटमा व्यवस्था गरेको छ।

यस्तै प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने भएको छ। यसको लागि प्रदेश सरकारले ५५ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ। बजेटमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने बजेट छुट्याएको छ। बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिइएको छ।

अगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये आन्तरिक श्रोत राजश्वबाट रु.१२ अर्ब २४ करोड २८ लाख ६० हजार र संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदानबाट १३ अर्ब ४० करोड ५९ लाख तथा चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात रु.६ अर्ब ९१ करोड २२ लाख २९ हजार रहेका छन्। अपुग हुने १ अर्ब रुपैयाँ अगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताए।

प्रदेशमा प्रादेशिक क्यान्सर अस्पताल निर्माणका लागि रु.२ करोड, ट्रमा सेन्टरका लागि रु. २ करोड र सरुवा रोग तथा महामारी रोग नियन्त्रणका लागि रु. १ करोड वजेट विनियोजन गरेको छ।

वैदेशिक रोजगारमा गएका यस प्रदेशका युवाहरु महामारीका कारण स्वदेश फर्केर आउने दुईदेखि पाँच लाख युवालाई मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि र उद्योग क्षेत्रमा रोजगारी श्रृजना गर्ने जनाइएको छ। समग्र प्रदेशलाई शिक्षित प्रदेशको रुपमा विकास गर्न प्रदेशका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण र जनशक्तिको क्षमता अभिवृद्धि गरी गुणस्तरीय शिक्षामा जोड दिइने आर्थिक मामिला तथा योजनामन्त्री यादवले उल्लेख गरे।

यसैगरी कोरोना महामारीका कारण दैनिक ज्याला मजदूरी गर्न नपाएका विपन्न एवं गरीव मजदूर तथा वाढी, हावाहुरी, आगलागी जस्ता विभिन्न प्राकृतिक र मानवीय प्रकोपवाट प्रभावित जनताका लागि राहत स्वरूप नगद, खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा लगायत अन्य दैनिक गुजाराका सामग्रीको व्यवस्था गर्न भौतिक तथा सामाजिक पुर्वाधारको निर्माण, कृषि सडक, नदी नियन्त्रणका लागि तटवन्ध निर्माण जस्ता काममा आधारित राहत कार्यक्रम सञ्चालन गरिने बताइको छ।

यसैगरी अति विपन्न गरिब दलित वेरोजगार युवाहरुका लागि रोजगारीका अवसर सिर्जना गर्न प्रदेश प्रमुख रोजगार कार्यक्रम अन्तर्गत विभिन्न व्यवसायिक सीपयुक्त तालिम सञ्चालन गर्न रु. ८ करोड वजेट व्यवस्था गरिएको छ। यसैगरी संघीय सरकारबाट प्रदेशका अति गरीव र विपन्न परिवारका लागि सञ्चालित जनता आवास कार्यक्रमलाई प्रदेश सरकारले उल्लेख्य लगानीको व्यवस्था गरी स्वतः निरन्तरता दिइ रु. ८० करोड ७४ लाख बजेट विनियोजित गरिएको हो।

यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक नाला सहितको २ लेन कालोपत्रे ५ किलोमिटर सडक निर्माण गरिने बजेटमा समेटिएको छ। जसको लागि प्रदेशमा निर्माण हुने कम्तीमा ६४ वटा सडकका लागि रु.६७ करोड २० लाख बजेट छुट्याइएको छ। ठुला र मझौला सिंचाई आयोजना संचालनका लागि रु. ७६ करोड ७७ लाख, भूमीगत सिंचाई आयोजनाका लागि रु.५६ करोड ५५ लाख, सतह सिंचाई आयोजनाहरुको मर्मत सम्भारका लागि रु. १ करोड ६० लाख र पुरानो खानेपानी आयोजनाहरुको मर्मत सम्भारको लागि रु. ९ करोड ३५ लाख बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारले स्वास्थ्य र कृषि क्षेत्रलाई प्रामिकतामा राखेर बजेट विनियोजन गरेपनि शिक्षा क्षेत्रमा खासै जोड दिएको देखिँदैन। प्रतिपक्षीले ठूला तथा गौरवका योजनाहरु ल्याउन प्रदेश सरकारलाई आग्रह गर्दै आएपनि आगामी आर्थिक वर्षको बजेटमा पनि ९९ हजारदेखि १० लाख रुपैयाँसम्मको वितरणमुखी योजनाहरु राखिएका छन्।

यस्तै यस वर्ष पनि प्रदेश सरकारले अवण्डा रकम बढी मात्रामा राखेकाे छ। गत आ.व. २०७५।०७६ मा भएको योजनाको कामको बाँकी भुक्तानी ८६ करोड ५० लाख आगामी आर्थिक वर्षको बजेटबाट दिन विनियोजन गरिएको छ।

यस्ताे छ प्रदेश २ सरकारको आ.व. २०७७।०८८ को बजेटको पूर्ण पाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .