कारोबार


विद्युतीय सवारीसाधनमा निजीलाई भन्दा सार्वजनिकलाई प्रोत्साहन गर्ने नीति : अर्थमन्त्री

विद्युतीय सवारीसाधनमा निजीलाई भन्दा सार्वजनिकलाई प्रोत्साहन गर्ने नीति : अर्थमन्त्री

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ७:२९,

अर्थमन्त्री डा. युवराज खतिवडाले निजी सवारीसाधनभन्दा सार्वजनिक विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिएको बताएका छन्। मन्त्री खतिवडाले विद्युतीय गाडीमा लगाएको चर्को करको बचाउ गर्दै संसदमा उक्त कुरा बताएका हुन्।

उनले वातावरण प्रदूषण कम गर्न, विद्युतको खपत बढाउन सार्वजनिक विद्युतीय सवारी सञ्चालनमा जोड दिनुपर्ने बताए। सर्वसाधारणले चढ्ने विद्युतीय गाडीमा बढेको करमा सांसदले उठाएको प्रश्न तथा सुझावलाई आफूले नोट गरेको उनले बताए।

विद्युतीय गाडीमा बढाएको भन्सार र अन्तःशुल्क सरकारको घोषित नीतिविरुद्ध भएको भन्दै आलोचना भइरहेको छ। अर्थ मन्त्रालयले संसदबाट आर्थिक विधेयक पास भएपछि सस्तो विद्युतीय गाडीमा लाग्ने भनिएको कर घटाउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad