कारोबार


निरज श्रेष्ठ विवादमा परेपछि सनराइजमा जनकराज शर्मा सीईओ

निरज श्रेष्ठ विवादमा परेपछि सनराइजमा जनकराज शर्मा सीईओ

नेपालखबर
असार २९, २०७६ आइतबार ६:४९,

निरज श्रेष्ठले कार्यभार नसम्हाल्दै विवादमा परेपछि सनराइज बैंकमा नयाँ सीईओ जनकराज शर्मा नियुक्त भएका छन्। निरज श्रेष्ठको नियुक्तिप्रति सञ्चालकद्वय शैलेन्द्र गुरागाई र मालचन्द दुगडले असन्तुष्टि व्यक्त गरेपछि शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले निरज श्रेष्ठको नियुक्तिलाई अस्वीकार गर्दै शर्मालाई नियुक्त गर्न सहमत भएको हो।

सञ्चालकद्वयले असन्तुष्टि जनाएपछि श्रेष्ठ पनि सनराइजमा कार्यभार सम्हाल्न गएका थिएनन्। निरज श्रेष्ठको नियुक्ति सञ्चालक समितिको अध्यक्ष मोतीलाल दुगडको एकल निर्णयबाट भएको भन्दै सञ्चालकद्वय शैलेन्द्र गुरागाई र मालचन्द दुगडले नेपाल राष्ट्र बैंकमा उजुरी समेत गरेका थिए।

जनकराज शर्मा योभन्दा अघि ग्लोबल आइएईमा कार्यरत थिए। ग्लोबलमा चार वर्षको लागि नियुक्त भएका उनी आफ्नो कार्यकाल नसकिँदै राजीनामा दिएर निस्केका थिए। त्यस्तै शर्मासँग नबिल बैंक एनआइसी एसिया बैंक, लक्ष्मी बैंकमा समेत काम गरेको अनुभव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad