महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क गोंगबुमा कार्यरत तीन प्रहरीलाई सेवाग्राहीसँग १ लाख घुस लिएको अवस्थामा पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन प्रहरी जवान देवेन्द्र बलायर, आकाश खनाल र निरज भण्डारीलाई शुक्रबार पक्राउ गरेको हो।
उनीहरुसँगै नेपाल प्रहरी २ नम्बर गण महाराजगञ्जका अर्का जवान हिटलर साउद पनि पक्राउ परेका छन्। आयोगका अनुसार उनीहरुले सवारी दुर्घटनाको बीमादाबी पत्र बनाइदिन सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएका थिए।
घुस रकम लिइसकेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।
3
Shares

प्रतिक्रिया